Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बैतडीका तीनजना महिला बेपत्ता


बैतडी, २१ चैत । बैतडीका तीनजना बेपत्ता भएका छन् । मेलौली नगरपालिकाका दुई महिला र पाटन नगरपालिकाकी एक किशोरी बेपत्ता भएका हुन् ।

मेलौली–१, सिराडकी लक्ष्मी पोखरेल सोमबार बिहानदेखि सम्पर्कविहीन भएकी हुन् । सोमबार बिहान ३ बजेतिर एक वर्षीय छोरा कोठामा एक्लै रुँदै गरेको भेटिएको र लक्ष्मी कोठमा नभेटिएको उनका देवर निराजन पोखरेलले बताए । उनी सम्पर्कविहीन भएपछि खोजीका लागि तस्वदेही इलाका प्रहरी कार्यालयमा निवेदन दिइएको छ ।

सम्पर्कविहीन भएकी लक्ष्मीका श्रीमान् राजेन्द्र पोखरेल रोजगारीको सिलसिलामा भारतको बेंगलोरमा छन् । उक्त दम्पतीका दुई छोरा छन् । यस्तै, मेलौली–१, जर्कु सैनी निवासी २० वर्षीया पार्वती खत्री नायक बेपत्ता छिन् । यही चैत १६ गते घरबाट हिँडेकी उनी अहिलेसम्म सम्पर्कमा नआएको जनाइएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट