Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

काठमाडौंबाट नौ जना जुवाडे पक्राउ


काठमाडौं, २१ चैत । काठमाडौंको तारकेश्वर नगरपालिका–१०, लोकतान्त्रिक चोकबाट सोमबार साँझ नौ ‘जुवाडे’ पक्राउ परेका छन् ।

रामकुमार लुंगेलीको मासु पसलमा जुवातास खेलिरहेको अवस्थामा तारकेश्वरकै मनमैजु बस्ने २७ वर्षीय लोकेश विकलगायत नौजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूलाई नगद ८३ हजार ५२५ रुपैयाँ र तीन बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट