Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सडक खनेर अलपत्र छोडेको झोकमा वीरगंज महानगरले टेलिकमको कार्यालयमा लगेर फोहोर खान्यायो


वीरगंज, २१ चैत । वीरगंज महानगरपालिकाले नेपाल टेलिकमको कार्यालय परिसरमा फोहोर थुपारेको छ। श्रीपुरस्थित टेलिकमको क्षेत्रीय कार्यालय परिसरमा महानगरले फोहोर थुपारेको हो। फाइबर बिच्छ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको आरोप लगाउँदै महानगरले टेलिकमको परिसरमा फोहोर थुपारेर जनाएको छ।

टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर सडक बिगार्दा नगरवासीले पीडा भोग्नु परेको भन्दै महानगरले निर्माणका लागि पटकपटक आग्रह गर्दा पनि अटेर गरेपछि सांकेतिक विरोधस्वरुप फोहोर खसालेको जनायो।

महानगरपालिकाले वीरगंजमा सन्चालन गरिरहेको सरसफाइ तथा स्वच्छता अभियानमा टेलिकमले भाँजो हालेको आरोप लगाउँदै महानगरपालिकाका कर्मचारी र नगरप्रहरी सहितको टोलीले ७ ट्याक्टर कचरासहितको फोहोर टेलिकमको परिसरभित्र लगेर फालेको हो।


क्याटेगोरी : समाचार, मधेस प्रदेश
ट्याग : #breaking, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट