Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सिक्किममा हिमपहिरोमा परेर ३ नेपालीसहित ७ जनाको मृत्यु


सिक्किममा हिमपहिरोमा परेर तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । हिमपहिरोमा परेर अन्य १३ जना घाइते भएका छन् ।

हिजो मङ्गलवार दिउँसो गान्तोक–नाथुला जेएनएम सडकमा गएको हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको मृत्यु भएको सिक्किम सरकारले विज्ञप्ति निकालेर पुष्टि गरेको छ । ज्यान गुमाउने अरू चार जनामा भारतीय नागरिक रहेका छन् ।

यस्तै घाइते १३ मध्ये तीन जना नेपाली रहेका छन् । गीता सापकोटा, ज्वोती गुरुङ र रमेश खनालको उपचार भइरहेको छ । हिमपहिरोमा चार सयभन्दा धेरै पर्यटक फसेका थिए ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट