Techie IT
  • १० वैशाख २०८१, सोमबार
Jhilko

प्रधानमन्त्री ‘प्रचण्ड’ विरुद्धको मुद्दाको सुनुवाइ हुँदै


काठमाडौं, २२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको मुद्दाको सुनुवाइ आज हुने भएको छ। द्वन्द्वपीडितले प्रधानमन्त्री प्रचण्डलाई पक्राउको आदेश माग गर्दै दायर गरेको रिट न्यायाधीश हरिप्रसाद फुयाँलको बेन्चमा चौथो नम्बरमा परेको छ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितले प्रधानमन्त्रीविरुद्ध रिट दायर गरेका थिए। सशस्त्र द्वन्द्वको समयमा मृत्यु भएकामध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएपछि प्रधानमन्त्रीविरुद्ध उनीहरुले रिट दायर गरेका थिए। सुरुमा निवेदन अदालत प्रशासनले दरपिठ गरेको थियो।​

त्यसैगरी रविमाथि राहदानी प्रकरणमा मुद्दा चलाउन आदेशको माग गर्दै परेको रिट फुयाँलकै बेन्चमा आठौँ नम्बरमा परेको छ


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट