Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कान्छो न्यौपानेका सुखदुःख !


काठमाडौं । काभ्रेपलान्चोक जिल्लाको धुलिखेलको शिर पर्यटकीय क्षेत्रमा बदाम, चाउचाउ, चुरोट, खैनी, पराग, गुट्खा आदि बेच्छन कान्छो न्यौपाने । उमेरले ७० वर्ष काटेका छन् । परिवारसहित अलि तलको काभ्रे गाउँमा बसोबास गर्छन् । बिहान गाईको दूध बेचेर र दिउँसो नाङ्ले पसल थापेर जीविका धान्छन् ।

हाल पाँच छोराछोरीका यी बृद्ध बा जमानामा भने सानै उमेरमा काम र दामको खोजीमा घरबाट निस्किएका थिए । भन्छन्, ‘मैंले धेरै दुःख गरेँ, केही वर्ष नारायणगढ बजारको होटलमा खाना पकाउने काम गरेँ । त्यसबाट घर धान्न गाह्रो भएपछि कोलकाता, बम्बई पुगी १०–१२ वर्ष चौकीदारी पनि गरेँ ।’

वाबु–आमा बितेपछि नेपाल आएका न्यौपाने फेरि मुग्लान फर्किएनन् । भारी बोक्ने र सडक बनाउने, यस्तै मजदुरीले घरको गर्जो टार्न थाले । यहीबीच उनको दाजुको पनि मृत्यु भयो । दाजुको मृत्यु भएपछि भाउजू पोइला गइन् । ससाना भतिजाहरुको हेरचाह गर्ने जिम्मेवारी उनीमाथि थपियो । हेरचाह गरे, हुर्काए, बढाए । उनी दुःखेसो पोख्छन्, ‘अहिले तिनै भतिजाहरुले मलाई दुःख र पीडा दिन थालेका छन् ।’

अंश, लेनदेन जस्ता पीडामा परेका न्यौपाने काम गरेर खान पाउँदा खुशी नै छन् । तर, कहिलेकहीँ झरी, हुरी, असिनाले गर्दा व्यापार हुँदैन । सरसामान पनि भिजाउँछ, यसैमा दुःखी छन् ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट