Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

श्रोत नखुलेको रकमसहित मलंगवा भन्सार सीमा इलाकाबाट एक भारतीय पक्राउ


काठमाडौं, २२ चैत । सर्लाहीको मलंगवा नगरपालिका ८ भन्सार सीमा इलाकाबाट करिब तीन लाख २० हजार नेपाली रुपैयाँसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भारत घर भएका २७ वर्षीय राकेश कुमार तिवारीलाई सीमा सुरक्षा गुल्म मलंगवा (बिओपी मलंगवा) ले नगदसहित नियन्त्रणमा लिइएको हो ।
चेकजाँचका क्रममा उनको साथमा रहेको रकमको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बरामद भएको रुपैयाँमा १ सय दरको २ सयवटा, ५ सय दरको २ सय ७० वटा र १ हजार दरको १ सय ६५ वटा नोट रहेको छ ।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा बुझाइएको प्रहरीले जनाएको छ।


क्याटेगोरी : अर्थ, समाचार, मधेस प्रदेश
ट्याग : #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट