राष्ट्रपति पौडेल अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर उनी घर फर्किएका छन् ।
यही चैत १८ गते पेटको समस्या भएर अस्पतल भर्ना भएका पौडेल तीन दिनपछि ‘डिस्चार्ज’ भएर शीतलनिवास फर्किएका राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
प्रतिक्रिया