Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

इन्द्रसरोवर तालमा डुंगाबाट हाम्फालेर एक युवक बेपत्ता


हेटौँडा, २२ चैत । मकवानपुरको मार्खुस्थित इन्द्रसरोवर तालमा हाम्फालेर एक युवक बेपत्ता भएका छन् । काठमाडौँको छैमलेबाट घुम्न आएका ३३ वर्षीय राजकुमार सुवेदी काठले बनेको डुङ्गामा चढेर तालमा घुम्ने क्रममा हाम्फालेर बेपत्ता भएका हुन् ।

मङ्गलबार दिउँसो सुवेदी डुङ्गाबाट हाम्फालेर बेपत्ता भएपछि खोजी कार्य सुरु गरे पनि बुधबार अझैसम्म फेला परेका छैनन् ।

इन्द्रसरोवर ताल डुङ्गा व्यवसायी सङ्घका अध्यक्ष कृष्णबहादुर भोम्जनका अनुसार सुवेदीले डुङ्गाबाट हाम्फाल्नु पूर्व लगाएको पातलो ज्याकेट, जुत्ता र मोबाइल डुङ्गामा नै छाडेका थिए । मोबाइल स्विच अफ गरेको र मोबाइलमा भएका सबै सम्पर्क फोन नम्बर हटाएको पाइएको छ, अध्यक्ष भोम्जनले भने, ‘डुङ्गामा शेयर गर्ने समयमा लगाइने लाइफ ज्याकेटसमेत खोलेर हाम्फालेको पाइएको छ ।’

प्रहरीसहित स्थानीयले खोजी एवम् उद्धार कार्य जारी राखे पनि फेला पार्न सकेको छैन । सुवेदीलाई फेला नपारेपछि काठमाडौँ र मुग्लिङबाट उद्धार टोली इन्द्रसरोवरका लागि हिँडेको अध्यक्ष भोम्जनले जानकारी दिए ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट