Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

२४ घण्टामा ८५ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १ हजार ४ सय २ जनाको नमुना परीक्षण गर्दा ८५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा २७ जना सङ्क्रमित निको भएका छन् । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ५८ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै मन्त्रालयका अनुसार २४ घण्टामा २ लाख ७५ हजार ६१ जनाले कोरोनाविरुद्दको खोप लगाएका विवरण प्राप्त भएको छ ।

 


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट