Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सरकारको न्यूनतम साझा कार्यक्रम : राजस्व संकलनमा जोड, खर्च कटौतीको नीति (पूर्ण पाठसहित)


काठमाडौं । सरकारले बिहीबार ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक गरेको छ । आज बिहीवार सिंहदरबारमा एक कार्यक्रमकाबीच सरकारकी प्रवक्ता रेखा शर्माले सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

आम निर्वाचन, २०७९ पछि बनेको नेकपा माओवादी केन्द्र नेतृत्वको नेकपा एमालेसहित ७ दलीय सत्ता गठबन्धन भत्किएसँगै नेपाली काँग्रेससहितको १० दलीय गठबन्धनको सरकार बनेको छ । योसँगै सरकारले पुनः अर्को साझा कार्यक्रम सार्वजनिक गरेको हो ।

आन्तरिक तथा बाह्य कारण मुलुकमा व्याप्त आर्थिक संकटका बीच सरकारले ल्याएको साझा न्यूनतम कार्यक्रमले खासगरी राजस्व संकलन र खर्च कटौतीलाई प्राथमिकता दिने कार्यक्रम ल्याएको छ ।

वित्तीय सङ्घीयताको मान्यताअनुरूप स्रोत साधनको बाँडफाँट, कृषि, पर्यटन तथा उत्पादनमा जोड दिने र राजस्व प्रशासनलाई चुस्त, दुरुस्त तथा करदातामैत्री बनाउने सरकारको साझा कार्यक्रममा समेटिएको छ ।

यस्तो सरकारको आर्थिक नीति तथा कार्यक्रम

[dflip id=”109830″][/dflip]

 


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट