Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रतिनिधि सभामा दुई विधेयक टेबुल


काठमाडौं । प्रतिनिधि सभाको आज बिहीवारको बैठकमा दुई वटा महत्त्वपूर्ण विधेयक टेबुल भएको छ ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले ‘सार्वजनिक सेवा प्रसारण विधेयक २०७८’ र ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७८’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरेका हुन्।

यस्तै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘लोक सेवा आयोगको त्रिसट्ठीऔँ वार्षिक प्रतिवेदन’ (२०७८ साउन– २०७९ आसार) पेस गरिन् ।

यस्तै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयन गरे । प्रतिनिधि सभाको अर्को बैठक भोलि शुक्रवार दिउँसो १ बजे बस्नेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट