Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

निर्माण व्यवसायीलाई यो महिनाभित्र इजाजतपत्र नवीकरण गर्न आग्रह


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीलाई यो महिनाभित्र इजाजतपत्र नवीकरण गर्न आग्रह गरेको छ ।

मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले सूचना निकालेर इजाजत नवीकरण चैत मसान्तभित्र गरिसक्न अनुरोध गरेको हो । “सार्वजनिक निर्माण कार्य गर्न दिइने इजाजतपत्रको अवधि हरेक आर्थिक वर्षमा समाप्त हुने भएकाले इजाजतपत्रको अवधि समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गराउनुपर्दछ”, पत्रमा भनिएको छ ।

यो अवधिभित्र नवीकरण नगर्ने व्यवसायीले म्याद नाघेको छ महिनाभित्र थप दस्तुर तिरेर नवीकरण गराउन सक्छन् । छ महिनाभित्र पनि नवीकरण नगरेमा इजाजतपत्र स्वतः खारेज हुने सूचनामा उल्लेख छ । इजाजतपत्र नवीकरण गराउँदा पछिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाणपत्रलाई अनिवार्य गरिएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट