Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

भाइरल हुने रहर : पैसा खाटमा बिछ्याएर भिडियो बनाएपछि….


काठमाडौं । टिकटकमा भाइरल हुन गरेकोे हर्कतले ललितपुरको टिकाथली बस्ने सुलभ आचार्यलाई प्रहरी समक्ष पुर्याएको छ । केहिदिन अघि उनले आफ्नो टिकटक अकाउन्टमा पोस्ट गरेको भिडियोले उनलाई प्रहरीसम्म पुर्‍यायो। उनले आफ्नो अकाउन्टमा खाट भरि पैसा बिछ्याएको भिडियो पोस्ट गरेका थिए।

नोटहरुको दुरुपयोग गर्नु अपराध हो। भिडियो भाइरल भए पछि राष्ट्र बैंकले ओछ्यानमा पैसाको नोटमाथि सुत्ने व्यक्तिहरुको खोजी सुरु गरेको थियो। त्यसपछि जिल्ला प्रहरी परिसर ललितपुरले पनि यस विषयमा अनुसन्धान थाल्यो।

प्रहरीले अनुसन्धान गर्दै जाँदा नोटमाथि सुत्ने व्यक्तिसम्म पुग्यो । आचार्यले ती नोटहरु एभरेष्ट बैंकबाट निकालेको खुलेको छ। उनले विदेशमा अध्ययन गर्न जाने‍ कलेज शूल्क बुझाउन पैसा निकालेको प्रहरीलाई बयान दिएका छन्। उनले रमाइलोको लागि खाटमा पैसा बिछ्याएर भिडियो बनाएको बताएका छन्। उनले एक हजार र पाँच सय दरका नोटहरू ओछ्यानमा राखी भिडियो बनाएर सार्वजनिक गरेका थिए।

प्रहरीले भने उनलाई यस प्रकारका गतिविधि फेरि नगर्ने सर्तमा सचेत गराएर छाडिएको छ।

पछिल्लो समय सामाजिक संजालमा यसरी नोटहरुको दुरुपयोग हुने गरि भिडियोहरु आउन थालेपछि राष्ट्र बैंकले पनि यस्तो गतिविधि नगर्न सेचत गराइरहेको छ।


क्याटेगोरी : रोचक, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट