Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

महोत्तरीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु


बर्दिबास, २४ चैत । महोत्तरीको बर्दिबास नगरपालिका –१ स्थित पूर्व–पश्चिम लोकमार्गमा आज शुक्रवार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गौशाला नगरपालिका –९ भरतपुरका २५ वर्षीय मोटरसाइकल चालक मिनेषकुमार कार्कीको मृत्यु भएको बर्दिबास प्रहरीले जनाएको छ ।

प्र २–०४–००१ प १३२७ नम्बरको मोटरसाइकल चढेर बर्दिबासबाट गौशाला नपा ९ भरतपुरस्थित घर फर्कँदै गरेका कार्कीलाई सर्लाहीबाट यात्रु बोकेर काठमाडौँतर्फ जाँदैगरेको प्र ०३–००१ ज ०२९७ नम्बरको विङगर गाडीले बिहान साढे १० बजेतिर बर्दिबासको घर–संसार पसलअगाडि ठक्कर दिएको थियो ।

दुर्घटनालगत्तै बर्दिबासस्थित शुभ स्वस्तिक अस्पताल भर्ना गरिएको कार्कीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अस्पतालले दिएको जानकारी अनुसार कार्कीको टाउकोमा गहिरो चोट लागेको थियो ।

दुर्घटनामा संलग्न विङगरसहित सर्लाही हरिवन ५ का २८ वर्षीय चालक नीरज लामालाई बर्दिबास प्रहरीले हिरासतमा लिएको छ । प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट