Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सर्लाहीको बरहथवाबाट नक्कली नोटसहित एक जना पक्राउ


सर्लाही, २४ चैत । प्रहरीले सर्लाहीको बरहथवाबाट नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। बरहथवा नगरपालिका –१७ कटानीबाट एक हजार दरको दुई लाख ६८ हजार रुपियाँ नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको हो। अन्य केही व्यक्ति फरार रहेकाले पक्राउ परेका व्यक्तिको नाम भने गोप्य राखिएको छ।

प्रहरीले २४ बण्डल नोट आकारका कागजसहित बीआर ३० एम ३८२५ र बीआर ३० ए ५९६८ नम्बरको दुई थान भारतीय मोटरसाइकल समेत बरामद गरेको छ। बरामद गरिएको नक्कली नोट, नोट बनाउन प्रयोग हुने कागज र मोटरसाइकल इलाका प्रहरी कार्यालय बरहथवामा राखी थप अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

सर्लाहीमा पछिल्लो समय नक्कली नोटको कारोबार र ओसारपसार गर्ने गिरोह सक्रिय हुँदै गएको छ। अहिले पक्राउ परेका समेत गरेर विगत तीन महिनाको अवधिमा जिल्लाको विभिन्न स्थानबाट नक्कली नोटसहित १० जना पक्राउ परिसकेका छन्।

यसअघि पक्राउ परेका नौ जनामध्ये छ जना पूर्पक्षका लागि थुनामा छन् भने तीन जना एक÷एक लाख रुपियाँ धरौटी बुझाएर रिहा भएका प्रहरी उपरीक्षक सुवेदीले बताए। उनका अनुसार तीन महिनामा तीन लाख ३६ हजार नक्कली रुपियाँ, २३७ बण्डल नोट आकारको कागज र कागज काट्ने मेसिन बरामद भएको छ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश
ट्याग : #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट