Techie IT
  • ३ वैशाख २०८१, सोमबार
Jhilko

आजको मौसम सफा रहने


काठमाडौं । मौसम सफा हुन थालेसँगै तापक्रम बढ्न थालेको छ । तापक्रम बढ्दा गर्मी बढेको छ । लगातारजसो पानी पर्दा चैत महिनाको मध्यममा पनि चिसो भएको थियो । तर, केही दिनयता मौसम खुलेर घाम लाग्न थालेसँगै गर्मी हुन थालेको छ ।

हिजो भैरहवाको अधिकतम तापक्रम ३६ दशमलव ९ डिग्री सेल्सियस पुगेको थियो ।

यस्तै, जनकपुरको ३६ दशमलव ८, सिमराको ३५ दशमलव ४, नेपालगञ्जको ३५ दशमलव २, दीपायलको ३३ दशमलव ८, धनगढीको ३३ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।

काठमाण्डौको अधिकतम तापक्रम भने हिजो २९ डिग्री सेल्सियस थियो । आज पनि यही हाराहारीमा पुग्ने अनुमान गरिएको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । आज सामान्यतया मौसम सफा नै रहने अनुमान छ।

पहाडी क्षेत्रमा बेलुकीपख आंशिक बदली भएर एकरदुई ठाउँमा हल्का पानी पर्न सक्ने अनुमान गरिएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट