Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

धौलागिरी बेसक्याम्प नजिकै हेलिकोप्टर दुर्घटना


काठमाडौं, २६ चैत । हेलि एभरेष्ट एयरको हेलिकोप्टर धौलागिरीमा दुर्घटना भएको छ। आइतबार बिहान धौलागिरी बेसक्याम्प नजिकै हेलिकोप्टर दुर्घटना भएको हो।

इटालियन बेसक्याम्पबाट धौलागिरी बेस क्याम्पमा सामान लिएर जानेक्रममा हेली एभरेष्ट एयरको हेलिकोप्टर आज बिहान ११ बजे पल्टिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।

उनका अनुसार पाइलट प्रिया अधिकारी सकुशल रहेकी छिन्। उनी सामान्य घाइते भएको बताइएको छ। उद्दार गर्नका लागि अर्को हेलिकोप्टर त्यसतर्फ गएको छ। शनिबार दिउँसो पनि ह्याम्स अस्पतालको हेलिप्याडमा हेलिकोप्टर दुर्घटना भएको थियो। उडान भर्ने क्रममा हेलिकोप्टरको पुच्छरमा क्षति पुगेको हो। हेलिकोप्टर बिरामी लिन चितवनको भरतपुर जान लागेको थियो।


क्याटेगोरी : पर्यटन, समाचार, गण्डकी प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट