Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्युठानमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गयो


प्युठान, २६ चैत । सरुमारानी गाउँपालिका ६ मोतिपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

आइतबार दिउँसो लु ३ च ३८५५ नम्बरको तरकारी बोक्ने जिप प्युठानबाट दाङ फर्किने क्रममा दुर्घटना हुँदा लमही नगरपालिका ८ बस्ने २५ वर्षीय सन्दीप चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक दाङ गढवा(६ बस्ने २५ वर्षीय प्रकाश चौधरी, प्युठान नगरपालिका(१ खैरा बस्ने १४ वर्षीय प्रवीण जिसी घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । जिप सडकबाट करिब तीन सय मिटर तल माडी नदीमा खसेको छ ।


क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट