Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

रौतहटको ईशनाथ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं । रौतहटको ईशनाथ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताविरुद्ध झन्डै डेढ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

गुप्ताले गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीमाथि छानबिन गर्दा एक करोड ४९ लाख ९७ हजार रुपैयाँको स्रोत नखुलेकोले विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

२०५१ सालको वैशाखमा सेवा प्रवेश गरेका गुप्ताले २०७९ सालको जेठसम्ममा गुप्ताको आम्दानी र खर्चको हिसाब गर्दा स्रोत नखुलेको एक करोड ४९ लाख ९७ हजार रुपैयाँलाई बिगो कायम गरी त्यही बराबर जरिबानासमेत माग गरेर मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । अख्तियारले नन्दकिशोर गुप्ता र उनकी श्रीमती उषा गुप्ताको नाममा अहिले कायम सम्पत्तिबाट जफत गरी पाउन मागदाबी पनि गरेको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट