Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

‘हाम्रो बजार डटकम’ का सञ्चालक उपेन्द्र शाही ठगी आरोपमा पक्राउ


काठमाडौं । अनलाइनमा आइफोन सस्तो मूल्यमा पाइन्छ जस्ता आकर्षक विज्ञापन राखेर ठगी गर्ने गरेको पाइएको छ । यसरी ठगी गर्ने ‘हाम्रो बजार डटकम’ नामक अनलाइनका सञ्चालक उपेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ ।

हुम्ला घर भइ अहिले भक्तपुर बस्ने शाहीले यसरी विज्ञापन पोष्ट गरी त्यसमार्फत् सम्पर्कमा आएका व्यक्तिलाई मोबाइलको मूल्य, डेलिभरी, कुरियर चार्ज जस्ता विभिन्न प्रयोजनमा रकम लाग्ने भनी ठगी गर्ने गरेको खुलेको छ ।

उनले मोबाइल खरिद गरेबापत आफ्नो सम्पर्कमा रहेका विभिन्न व्यक्तिका नाममा रहेका बैंक खाता, ई–सेवा तथा खल्ती वालेटमा रकम पठाउन लगाउने र त्यसपछि सम्पर्कविहीन हुने गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट