Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

ढाकाप्रसाद श्रेष्ठले घुस मागेको प्रकरणमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संसदमा माफी मागे


काठमाडौं, २७ चैत । रास्वपाका सांसद ढाकाप्रसाद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड मागेको अडियो रेकर्डबारे प्रमुख सचेतक सन्तोष परियारले संसदमा माफी मागेका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा रास्वपाका प्रमुख सचेतक परियारले माफी मागेका हुन्। ‘हाम्रो प्रतिनिधि सभा सदस्यमार्फत घटेको घटनाका कारण तपाइहरूको सम्मानमा पुगेको चोटप्रति हामी क्षमाप्रार्थी छौं,’ उनले भने।

परियारले उक्त घटनाले रास्वपा कत्तिपनि विचलित नभएको बताए। अडियो प्रकरणमा पार्टीकोे गम्भीर ध्यानाकर्षण भएको र छानविन गर्न अनुशासन विभागलाई निर्देशन दिइएको पनि परियारले संसदलाई जानकारी दिए।

सुशासन र भ्रष्टाचारको अभियानलाई रास्वपाले आफ्नो अभियान ठानेको र अडियोबारे ढाकाप्रसादलाई २४ घन्टे स्पष्टिकरण सोधिएको जानकारी गराए।

मन्त्री बन्न दुर्गा प्रसाईसँग घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित

 


क्याटेगोरी : समाचार, संसद
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट