Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

इडिटेड आवाज भएको दावी गर्दै रास्वपा सांसद ढाकाकुमारले बुझाए पार्टीलाई स्पष्टीकरण


काठमाडौं । रास्वपा सांसद ढाकाकुमारले पार्टीलाई स्पष्टीकरण बुझाएका छन् । उनले बुझाएको स्पष्टीकरणमा अडिओमा आफ्नो आवाज नभई  सम्पादित (इडिटेड) आवाज भएको बताएका छन्।

सांसद ढाका प्रसादले आफ्नो आवाज नभएको बताउँदै गर्दा उनले पार्टीको अनुशासन समितिले गर्ने निर्णय स्वीकार्य भएको समेत बताएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडिओबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले पार्टीलाई स्पष्टीकरण बुझाएका हुन् ।

प्रसाईंसँग पैसा मागेको अडिओ सार्वजनिक भएलगत्तै सांसद श्रेष्ठलाई रास्वपाको अनुशासन कमिटीले २४ घन्टाभित्र स्पष्टीकरण मागेको थियो।

उनले ह्वाट्सएप मार्फत स्पष्टीकरण बुझाएको अनुशासन समितिका प्रमुख भरतमणि देवकोटाले जानकारी दिए । उनले
मंगलबार बिहान ११ बजे उक्त समितिको बैठक बस्ने र त्यस समितिले एक निष्कर्ष निकालेर केन्द्रीय समितिलाई सिफारिस गर्ने पनि बताए।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट