Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

स्लोभाकिया पठाइदिन्छु भनेर १२ लाख ठगी गर्ने एकराज नेम्बाङ पक्राउ


काठमाडौं, २८ चैत । स्लोभाकिया पठाइदिन्छु भनेर १२ लाख ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पाँचथरको फागुनन्द गाउँपालिका ३ घर भई हाल ललितपुर १४ नख्खीपोट बस्ने ४६ वर्षीय एकराज नेम्बाङ पक्राउ परेका हुन्।

नेम्बाङले विजय लिम्बुलाई वैदेशिक रोजगारीका लागि स्लोभाकिया जानका लागि प्रतिव्यक्ति १५ लाख रुपैयाँ लाग्ने र कन्स्ट्रक्सन कम्पनीमा वेल्डिङको काममा लगाई दिने र मासिक २ लाख कमाई हुने भन्दै १२ लाख रुपैयाँ लिएर फरार भएका थिए।

रकम लिएर फरार भएपछि उनीविरुद्ध मुद्दा परेको थियो। वैदेशिक रोजगार विभागबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार गरेको थियो।

विशेष प्रहरी टोलीले नेम्बाङको खोजतलास गर्ने क्रममा गोंगबुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभागमा पठाएको छ।


क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट