Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रधानमन्त्री प्रचण्डद्वारा सैनिक प्रशिक्षालयमा पुगेर कवाज कार्यक्रमको अवलोकन


काठमाढौं, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार नेपाली सेनाको प्रशिक्षालयमा पुगेका छन्।

भक्तपुरको खरिपाटीस्थित सैनिक प्रशिक्षालयमा पुगेर उनले तालिम पूरा गरी उत्तीर्णहरुको कवाज कार्यक्रमको अलोकन गरे। सैनिक प्रशिक्षालयमा सि.नं. ६० अधिकृत क्याडेट तालिम र सि.नं. ५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम शिक्षार्थीहरुलाई आयुक्त पद प्रदान कवाज कार्यक्रमको उनले अवलोकन गरेका हुन्।

त्यसक्रममा उनले उत्कृष्ट प्रशिक्षार्थीलाई सम्मान प्रदान गर्दै बधाई तथा सफलताको शुभकामना पनि दिएका छन्। उक्त कार्यक्रममा प्रचण्डले सैनिक भ्यानमा सवार भएर कवाज कार्यक्रमको अवलोकन पनि गरेका थिए।

 


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट