Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सिन्धुलीमा भएको कार दुर्घटनामा ज्यान गुमाउने चारै जनाको परिचय खुल्यो


काठमाण्डौं, २९ चैत । सिन्धुलीमा भएको भारतीय कार दुर्घटनामा ज्यान गुमाउने चारै जनाको परिचय खुलेको छ ।

ज्यान गुमाउनेहरूमा भारतको बिहारका अभिषेक ठाकुर, राकेशकुमार सिङ, मनु सिङ र गवर सिङ रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । कारमा रहेका पाँच जनामध्ये धर्मेन्द्रकुमार सोनी घाइते भएका छन्। उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

गए राति वीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका ३ सिन्धुली गढी नजिकै कार दुर्घटनामा परेको हो । कार काठमाण्डौ आइरहेको थियो ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट