Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रधानन्यायाधीश नियुक्त गर्न १० दिनको अल्टिमेटम


काठमाण्डौं, २९ चेत । नेपाल बार एसोसिएशनले सरकारलाई प्रधानन्यायाधीश नियुक्त गर्न १० दिनको अल्टिमेटम दिएको छ । बुधवार बार एसोसिएशन परिसरमा पत्रकार सम्मेलन गरी बारले १० दिनभित्र सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्त नगरे आन्दोलन सुरु गर्ने चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै बार एसोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कायममुकायम प्रधानन्यायाधीशबाट सर्वोच्च अदालत सञ्चालन भएको नै एक वर्ष बढी बितिसकेको भन्दै अबको १० दिनभित्र प्रधानन्यायाधीश नियुक्त नगरे आन्दोलन सुरु गर्ने चेतावनी दिए। उनले कार्यपालिका र व्यवस्थापिकाले सर्वोच्च अदालतलगायत न्यायालयलाई नै हेपेको आरोप लगाए । उनले न्यायपालिकाको विकृति, विसङ्गति, भ्रष्टाचारमुक्त बनाउने अभियानको फेहरिस्त दिनसमेत माग गरे ।

उनले भने, ‘हामी अब लगभग आन्दोलनको श्रेणीमा पुगेका छौँ । हामी ७ देखि १० दिन हेर्छौँ । यसबीचमा समस्या समाधान भएन भने, अटोमेशन लागू गरेर पेसी व्यवस्थापन गर्नेतर्फ ध्यान गएन भने नेपाल बार एसोसिएशनले उचित निर्णय लिन्छ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश तत्काल प्राप्त गर्नुपर्छ भन्ने हाम्रो प्रथम माग हो ।’

पत्रकार सम्मेलनमा सर्वोच्च अदालत बार एसोसिएशनका अध्यक्ष हरिशंकर निरौलाले कानुन बमोजिम अविलम्ब प्रधानन्यायाधीश नियुक्त गर्न माग गरे । उनले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति नगर्नु भनेको न्यायपालिकाको लागि शुभ लक्षण नभएको बताए ।

अध्यक्ष निरौलाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोगको टुङ्गो चाँडो लगाउन पनि माग गरे ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट