Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मिटरब्याज पीडितले गृहमन्त्रीसँग वार्ता गर्दै


काठमाडौं । मिटरब्याज पीडितले गृहमन्त्रीसंग वार्ता गर्ने भएका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग वार्ता गर्न मिटरब्याज पीडितको टोली गृहमन्त्रालय पुगेको छ । मिटरब्याज पीडित र सरकारी टोलीबिच २६ चैतदेखि वार्ता भइरहेको थियो ।

पीडित र सरकारी वार्ता टोलीबीच २६ चैतदेखि भइरहेको वार्तामा सहमति जुट्न नसकेपछि मिटरब्याज पीडितले गृहमन्त्रीसंगै वार्ता गर्ने अडान राखेका थिए ।

गृहमन्त्रीले नै वार्तामा बोलाएपछि बुधबार साँझ वार्ता हुन लागेको र मिटरब्याज पीडितको टोली गृह मन्त्रालय पुगसिकेको छ । चैत २० गते देखि काठमाडौं रहेका मिटरब्याज पीडितले ६ बुँदे माग राखेर आन्दोलन गर्दै आएका छन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट