Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

जनवरीको अडिओ अहिले सार्वजनिक गरेर षड्यन्त्र गरियो : ढाकाकुमार श्रेष्ठ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको दावी गरेका छन् । उनले उक्त अडियोमा सत्यता नरहेको र इडिटिङ गरेर बनाएको जिकिर गरे ।

बुधबार पत्रकार सम्मेलन गरेर उनले गत जनवरी–फेब्रुअरीको अडियो अहिले सार्वजनिक गर्नु पनि सुनियोजित भएको दाबी गरे ।
‘यो अडियो केही पनि होइन, यो फसाइएको हो गत जनवरी, फेब्रुअरीमा भएको अडियो, अहिले ल्याएर हाल्नु भनेको हाम्रो पार्टीलाई चारतिरबाट प्रहार गरिएको हो, पार्टीलाई तीनवटै क्षेत्रमा हराउने सुनियोजित हो’ उनले भने ।

करिब ५ मिनेट लामो पत्रकार सम्मेलनमा उनले आफ्नो कुरा मात्र राखे । पत्रकारहरुको प्रश्नको जवाफ दिएनन् । पत्रकारहरुले जनवरीमा भएको कुराकानी भन्दै आफैंले स्वीकार गर्नुभयो नि भन्ने प्रश्न गरे पनि उनले जवाफ दिएनन् ।

श्रेष्ठले आफू न्यायलयमा गइसकेको र क्लिनचिट लिएर आउने दाबी गरे । अहिले आफू राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्य पनि नरहेको भन्दै आफ्नो कारणले पार्टीलाई परेको असरप्रति क्षमा समेत मागेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट