Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी, बरिष्ठ उपाध्यक्षको मत गणना गर्न बाँकी


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलकी ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् । ज्योत्सना नेपाल रत्न तथा आभूषण संघ, काठमाडौंकी अध्यक्ष हुन् । उनको श्रीमान सुरेशमान श्रेष्ठ नेपाल रत्न तथा आभूषण महासंघको अध्यक्ष छन् ।

श्रेष्ठले अर्का प्रत्यासी भरतराज आचार्यलाई ६५ मत अन्तरले हराइन् । कूल १ हजार ६५० मत खसेकोमा श्रेष्ठले ८४६ र आचार्यले ७८१ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

जिल्ला नगर उपाध्यक्षमा संघाइ प्यानलकै सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् ।

अब बरिष्ठ उपाध्यक्षको मात्रै मत गणना गर्न बाँकी छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट