Techie IT
  • ३० चैत्र २०८०, शुक्रबार
Jhilko

नेपाल भ्रमणमा आएका चिनियाँ पर्यटकहरुलाई मन्त्रीले गरे विमानस्थलमा पञ्चेबाजासहित स्वागत


काठमाडौं, ३० चैत । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल भ्रमणमा आएका चिनियाँ पर्यटकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको छ।

चिनियाँ पर्यटकहरुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ लगायतले खादा माला लगाइदिएर स्वागत गरे। आज बिहान १८१ जना चिनियाँ पर्यटकहरु हिमालय एयरलाइन्सको विमान चार्टर गरेर नेपाल भ्रमणमा आएका हुन्।

पर्यटकहरुलाई नेपाली मौलिक पञ्चेबाजा बाजा बजाएर पनि स्वागत गरिएको छ । पर्यटकहरुले नेपाल र चीनको झण्डा बोकेका थिए।


क्याटेगोरी : पर्यटन, समाचार, बाग्मती प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट