Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

धनगढीमा एक जना वृद्धको पेटभित्र रक्सीको बोतल भेटियो


कैलाली, ३० चैत । कैलालीको धनगढीमा एक जना वृद्धको पेटभित्र रक्सीको बोतल भेटिएको छ।

पेट दुख्यो भनेर अस्पतालका आएका धनगढी १४ की ६१ वर्षीय जवानसिंह रोक्का मगरको पेटमा रक्सीको बोतल भेटिएको सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले जानकारी दिए।

‘भिडिओ एक्स रे गर्दा उहाँको पेटभित्र ८८४८ को क्वार्टरको बोतल देखिएको छ,’ शाहले भने।

जवानसिंहको पेटभित्र उक्त बोतल कसरी पस्यो भन्नेबारे विस्तृतमा खुलिसकेको छैन। यसअघि गत महिना चितवनमा एक जना युवकको पेटभित्र पनि रक्सीको बोतल भेटिएको थियो।


क्याटेगोरी : रोचक, समाचार, स्वास्थ्य, सुदूरपश्चिम प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट