Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

विमानस्थलमा खटिने निगमका कर्मचारीलाई खल्ती नभएको पोसाक


काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने आफ्ना कर्मचारीलाई खल्ती नभएको पोसाक लगाउन निर्देशन दिएको छ ।

यात्रुको लगेज टुटफुट भएको गुनासो आएपछि निगमले विमानस्थलमा कार्यरत कर्मचारीका लागि खल्ती नभएको पोसाकको व्यवस्था गरेको हो । ब्यागेज ह्यान्डलिङ सेवा सुधारका लागि आजदेखि कर्मचारीलाई खल्तीरहित पोसाकको व्यवस्था गरिएको निगमले जनाएको छ ।

ब्यागेज ओसारपसार गर्ने ट्रलीमा बार तथा चेन लगाइएको छ भने लगेज सुरक्षासम्बन्धी कर्मचारी खटाइनुका साथै वर्षाको पानीले ब्यागेज भिज्नबाट बचाउन ब्यागेज ट्रलीमा छाना व्यवस्था गरिएको छ । त्यस्तै ब्यागेजसम्बन्धी गुनासो सुनुवाइका लागि विमानस्थलमामा रहेको ब्यागेज ह्यान्डलिङ युनिटलाई २४ घण्टा नै क्रियाशील गराइएको निगमले जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट