Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

देशभरको मौसममा वदली, धेरै ठाउँको आकास धुम्म


काठमाडौं । आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली छ । अहिले स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा मौसम धुम्म छ ।

मौसम धुम्म भए पनि अबका तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्को भनाई छ । काठमाडौंमा उच्चतम तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ । न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ ।

आज दिउँसोपख पहाडी केही क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी थोरै ठाउँमा र अरु बाँकी पहाडी एकरदुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली नै रहनेछ । भोलि र पर्सि तराई क्षेत्रका थोरै ठाउँहरुमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट