Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

वर्षमान पुनकी आमामाथि गोली चलाउने व्यक्ति प्रहरी


काठमाडौं । प्रहरी सहायक हवल्दार प्रकाश पुनले बोकेको पेस्तोल पड्कदा गोली लागेर पूर्वमन्त्री वर्षमान पुनकी आमा तीर्थमाली पुन घाइते भएकी छिन । देब्रे खुट्टामा गोली लागेको छ । उनको अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरी सहायक हवल्दार प्रकाश पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाश कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पछुवा सुरक्षामा खटिएका व्यक्ति हुन् । शुक्रबार राति भएको उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नयाँ वर्ष मनाउने क्रममा हवल्दार प्रकाशले अत्याधिक मदिरा सेवन गरेको र असावधानीवश गोली पड्केको प्रहरीले प्रारम्भिक रिपोर्टमा जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट