Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सेती खोँचमा खसेकी बालिकाको मृत्यु


कास्की । पोखरा महानगरपालिका–१५ सेती किनारको खोँचमा खसेकी बालिकाको मृत्यु भएको छ । पोखरा-८ नागढुङ्गाकी १२ वर्षीया स्मृति पराजुली दिउँसो ३ बजेतिर खोँचमा खसेकी थिइन् ।

खोँचमा खसेको झण्डै साढे २ घण्टापछि उनको उद्धार भएको थियो । उद्धारपछि उपचारका लागि बालिकालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

उनी साथीहरुसँग घुम्न गएकी थिइन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट