Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

भारतको उत्तर प्रदेशमा पूर्व सांसद अतिक अहमद र उनका दाजुको गोली हानी हत्या


काठमाडौं, ३ वैशाख । भारत उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उहाँका दाजु अशरफको गोली हानी हत्या भएको छ।

पूर्व विधायक राजु पालको हत्या आरोपमा प्रहरीले पक्राउ गरेका अतिक र अशरफलाई प्रयागराजमा रहेको एक अस्पतालमा गएराति स्वास्थ्य जाँचका लागि लैजाने क्रममा गोली हानिएको थियो । पत्रकारलाई प्रतिक्रिया दिइरहेको बेला भिडबाट गोली प्रहार भएको द हिन्दुस्तान टाइम्सले जनाएको छ ।

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यो घटनालाई निकै गम्भीर भन्दै तीन सदस्यीय उच्चस्तरीय अनुसन्धान आयोग गठन गरेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #breaking, #hatya

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट