Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु


धनगढी, ३ वैशाख । सेती प्रादेशिक अस्पताल धनगढीमा आईसीयू (सघन उपचारकक्ष) मा उपचाररत कञ्चनपुरकी कोरोनाभाइरस संक्रमित ७३ वर्षीया एक महिलाको मृत्यु भएको छ ।

झन्डै एक वर्षयता कोरोनाका कारण हुने मृत्युदर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायका अनुसार पीसीआर पद्धतिबाट गरिएको नमुना परीक्षणमा नतिजा ‘पोजिटिभ’ आएपछि ६ दिनअघि उनलाई अस्पतालको कोभिड वार्डको आईसीयूमा भर्ना गरिएको थियो । ती महिलामा मुटुरोगको समस्या थियो ।

सुदूरपश्चिम प्रदेशमा केही हप्तादेखि कोरोनाभाइरसको संक्रमणदर उकालो लाग्न थालेको छ ।

स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकानुसार पछिल्लो ११ दिनमा प्रदेशमा २२३ व्यक्तिमा संक्रमण पुष्टि भएको छ । यो अवधिमा पीसीआर र एन्टिजेन पद्धतिबाट सात हजार ८४ जनाको नमुना परीक्षण गरिएको छ । संक्रमणदर बढेसँगै रोगले हुने मृत्युदर पनि बढ्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य, सुदूरपश्चिम प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट