Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

रवि लामिछानेका सवारी चालक घरको छतबाट खसेर गंभीर घाइते


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका सवारी चालक घरको छतबाट खसेर गंभीर घाइते भएका छन् ।

आज बिहान ४ बजे भरतपुर-११ मा रहेको लामिछानेको घरको छतबाट खसेर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षका शम्भु भनिने दिलबहादुर थापा घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

गोडामा र टाउकोमा चोट लागेका थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट