Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

दाङमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु


दाङ, ४ वैशाख । दाङमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका ११ स्थित खैरा चोकमा ठक्कर दिँदा दुर्घट्ना भएको हो।बिहान साढे ११ बजे भएको दुर्घटनामा घोराही ११ खैराचोक बस्ने मोटरसाइकल चालक २६ वर्षीय सन्देश बस्नेत र पछाडि बसेका सोही ठाउँका १७ वर्षीय गोपाल विकको मृैत्यु भएको दाङका प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले बताए।

गोपालको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते भएका सन्देशको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ट्रकलाई ओभरटेक गर्न खोज्दा मोटरसाइकल दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाइएको डीएसपी गौतमले बताए ।


क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट