Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक, प्रधानन्यायाधीश नियुक्त गर्ने तयारी


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले आगामी शुक्रबार बस्नेगरी बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सोमबार बसेको प्रमुख तीन राजनीतिक दल र सभामुखसहितको छलफलमा प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद् बैठक बोलाउन दलहरुबीच सहमति जुटेको थियो ।

१४ महिनादेखि नेतृत्वविहीन अवस्थामा रहेको न्यायपालिकाको प्रमुख अर्थात् प्रधानन्यायाधीश नियुक्ति गर्न संवैधानिक परिषद्को बैठक बोलाउने र नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरिएको छ ।

संवैधानिक परिषद्सम्बन्धी ऐन नभएको कारण परिषद्को बैठक बस्न नसकिएको भए पनि संवैधानिक व्यवस्था अनुसार सबै सदस्य उपस्थित भई संवैधानिक परिषद्को बैठक बस्ने र सो बैठकबाट सर्वसम्मतिका साथ प्रधानन्यायाधीशको नियुक्ति सिफारिस गर्ने तयारी गरिएको हो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट