Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बैतडीमा आठ वर्षीया बालिका मृत फेला


बैतडी, ५ वैशाख । बैतडीमा एक बालिका मृत फेला परेकी छन् । पाटन नगरपालिका–४ पटेलाका रामबहादुर चन्दकी आठ वर्षीया छोरी ललिता चन्द सुर्नया गाउँपालिका २ को मङरौँ खोलामा मृत भेटिएकी हुन् ।

सोमबार बाख्रा चराउन गएकी चन्द सम्पर्कविहीन बनेकी थिइन् । स्थानीयहरुले खोजतलास गर्दा मंगलबार बिहान मङरौँ खोलामा मृत भेटिएकी स्थानीयले बताएका छन् । इलाका प्रहरी कार्यालयबाट पाटनबाट प्रहरी निरीक्षक कमल प्रसाद चौधरीको टोली घटनास्थलमा खटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए ।

ललिता पाटन–४ मा रहेको मसानी दलित आधारभुत विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन । उक्त विद्यालयमा आज शोक बिदा दिइएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट