दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ५ वैशाख । कोरोना संक्रमणबाट एकै दिन थप दुई जनाको मृत्यु भएको छ ।
मंगलबार स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको जनाएको छ । यस्तै मंगलबार १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । दुई हजार २९१ नमुनामध्ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको हो ।
यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ भने संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत छन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #breaking
प्रतिक्रिया