Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्युठानमा माडी नदीमा डुबेर एक युवाको ज्यान


प्युठान, ६ वैशाख । स्वर्गद्वारी नगरपालिका ७ तापस्थित माडी नदीमा डुबेर एक युवाको ज्यान गएको छ । झिमरुक गाउँपालिका –८ का १८ वर्षीय सुवास रोका मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

ट्याक्टरका सह–चालक रोका मगर बालुवा लिन खोला गएको बेला नदीमा डुबेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक सुशिल थापामगरले जानकारी दिए। आज बिहान ११ बजे घटना भएको र शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको छ ।


क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश
ट्याग : #death

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट