Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

गुल्मीको रूरूक्षेत्रमा सडेको अवस्थामा शव फेला


गुल्मी, ६ वैशाख । गुल्मीमा सडेगलेको अवस्थामा शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मंगलबार दिउँसो करिब साढे दुई बजे जिल्लाको रूरूक्षेत्र गाउँपालिका–५ दाङसिरस्थित पानीयाटे खोलामा शव फेला परेको हो।

गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र कुमार श्रेष्ठका अनुसार वेवारिसे अवस्थामा फेला परेको शव पहिचान गर्न सक्ने अवस्थामा छैन। टाउकोदेखि शरीरका मांशपेशीसमेत सकिएर कंकालमात्रै बाँकी रहेको अवस्थामा शव रहेका कारण महिला र पुरूष समेत छुट्याउन नसकिएको इन्स्पेक्टर श्रेष्ठले बताए।

खोलामा दुर्गन्धित अवस्थामा शव भेटिएको बारे स्थानीले प्रहरीलाई खबर गरेका थिए। सूचना पछि प्रहरीले घटनास्थल पुगी प्रारम्भिक अनुसन्धान गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुल्मी पठाएको छ। जिल्ला प्रहरीले कोही कसैको आफन्त नातेदार हराएका छन् भने सम्पर्क गर्नका लागि अनुरोध गरेको छ।

यसबारेमा सामाजिक सञ्जालमार्फत पनि सुचना जारी गरिएको र प्रहरीका तल्लो निकायहरुमा पनि सूचना पठाएको इन्सपेक्टर श्रेष्ठले जानकारी दिए।

 


क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश
ट्याग : #death

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट