Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

थप १०८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २ हजार ४५० को नमुना परीक्षण गर्दा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै ३८६ जना सक्रिय संक्रमित पुगेका छन् । पछिल्लो २४ घण्टामा ६६ जना संक्रमणमुक्त भएका छन् ।

संस्थागत आइसोलेसनमा २१, आइसीयुमा ७ तथा भेन्टिलेटरमा ३ जनाको उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

 


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट