Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आज सूर्य ग्रहण, नेपालबाट नदेखिने भएकाले बार्न नपर्ने


काठमाडौं । आज लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई लाग्दैन र बार्नु पनि पर्दैन ।

सूर्य ग्रहण कम्बोडिया, चीन, अमेरिका, सिङ्गापुर, थाइल्याण्ड, अन्टार्कटिका, अस्ट्रेलिया, भियतनाम, ताइवान, पपुवा न्युगिनी, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण हिन्द महासागर र न्युजिल्याण्डमा देखिने छ ।

यस वर्ष आजसहित असोज २७ गते र चैत २६ गते सूर्य ग्रहण लाग्दैछ । तर यी तीनै पटकका ग्रहण नेपालबाट नदेखिने समितिले जनाएको छ । कात्तिक ११ गते लाग्ने चन्द्र ग्रहण भने नेपालबाट देखिने समितिले जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट