Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

ताप्लेजुङमा परेको असिनाले हिउँदे बालीनालीमा क्षति


ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङमा बुधबार साँझ वर्षासहित परेको असिनाले हिउँदे बालीनालीमा क्षति पुर्‍याएको छ।

सदरमुकाम फुङलिङसहित जिल्लाका अधिकांश क्षेत्रमा साँझदेखि बेलुकासम्म हावाहुरी र मेघगर्जनसहित असिना परेको थियो ।

केही ठाउँमा फाट्टफुट्ट असिना परेको छ भने तिरिङ्गे, सिकैँचा, थुम्बेदिनलगायतका क्षेत्रमा बालीनालीमा क्षति पुग्ने गरी असिना परेको स्थानीय सागर इजमले जानकारी दिए।

हावाहुरीसहित परेको असिनाका कारण मकै, गहुँ, जौ, सागपात र फलफूल खेतीमा क्षति पुर्‍याएको स्थानीयले बताएका छन्। यसअघि फागुनको मध्यतिर पनि यहाँ असिना परेको थियो।

 


क्याटेगोरी : कृषि, समाचार, कोशी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट