Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

रामेछापमा खसी चोर पक्राउ


रामेछाप, ७ वैशाख । जिल्लाको खाँडादेवी गाउँपालिका २ मा खसी चोर्ने एक युवक पक्राउ परेका छन् । मंगलबा राती २ बजे चुल्ठेपानीस्थित मनोज बुढाथोकीको गोठबाट खसी चोरोको आरोपमा ३० वर्षीय हिमाल तामाङ पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

तामाङले मनोज बुढाथोकीको गोठमा बाँधी राखेका दुई वटा खसी चोरेर सित्खा बजारमा बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक राजुप्रसाद ढकालले जानकारी दिए ।

खसी चोरी भएको सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटाइ तामाङलाई नियन्त्रणमा लिइ खसी धनी बुढाथोकीलाई नै बुझाइएको पनि निरीक्षक ढकालले बताए ।

चोरी गर्ने तामाङलाई जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखी जिल्ला अदालत रामेछापबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको पनि ढकालले जानकारी दिए । पछिल्लो समय रामेछापका हत्या र चोरीको शृङ्खला बढ्न थालेपछि प्रहरीले सक्रियता बढाएको छ ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट