Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

जाजरकोट–रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जनाको ज्यान गयो


जाजरकोट, ७ वैशाख । जाजरकोट – जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जनाको ज्यान गएको छ ।

जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १२ तल्लु ठुलाबगरमा निर्माण भइरहेको बेलिब्रिज भाँचिदा दुई जनाको ज्यान गएको हो । यस्तै अन्य दुई जना घाइते भएका छन् ।

उनीहरूको परिचय खुल्न नसकेको र प्रहरी टोली घटनास्थल जाँदै गरेको जाजरकोटका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिए । घटनास्थल जाजरकोट–डोल्पा सडक भेरी कोरीडोरमा पर्छ ।


क्याटेगोरी : जनमञ्च, समाचार, कर्णाली प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट